कांग्रेसमा १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन !

भाद्र २४,२०७७

-

भदौं  २४, २०७७ काठमाडौं ।
 
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका उपसभापति विमलेन्द्र निधिले सभापतिमा आफ्नो पनि दाबेदारी प्रस्तुत गर्दै एउटा नारा दिएका छन्, १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन ।
 
निधिले पहिलो पटक साउन अन्तिम साता देउवालाई भेटेर आफू सभापतिका उम्मेदवार हुन चाहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । तर आफै सभापति लड्ने तयारी गरिरहेका देउवाले त्यसमा सहमति जनाएनन् ।
 
अरुले पनि निधिको दाबीलाई गम्भीर रुपमा लिएनन् । किनकी या त उनले देउवालाई रोकेर संस्थापन पक्षको सभापतिको उम्मेदवार हुनसक्नुपर्छ, या त त्यहाँबाट बिद्रोह गर्नुपर्छ । निधिका लागि दुबै विकल्प फलामको च्युरा सरह छ ।
 
त्यसलाई बुझेका उनले सभापतिमा आफ्नो दाबीलाई भन्न छाडेका छन्, र सर्वसम्मत नेतृत्व चयनको नारा दिएका छन् । बुधबार १०७ औं बीपी जयन्तीको अवसरमा कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल कार्यक्रममा पनि उपसभापति निधिले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् ।
 
फेरि कम्युनिस्ट पार्टी सत्तामा आयो भने संविधानको रक्षा गर्न नसक्ने भन्दै उनले भने, यो संविधानको रक्षा गर्न १४औं महाधिवेशनमा एकता वैचारिक आधारमा गरौं ।’
 
सर्वसम्मत रुपमा पार्टीको नेतृत्व चयन गर्न सकियो भने कार्यकर्ता, मतदाता र जनताको विश्वास जित्न सक्ने भन्दै उनले वैचारिक एकताका लागि नौसुत्र अघि सारेका छन् ।
 
राष्ट्रिय, लोकतन्त्र, समाजवाद गणतन्त्र, संघीयता, मिश्रित निर्वाचन प्रणाली, समावेशीता, धर्म निरपेक्षता, अहिंसा र शान्तिलाई वैचारिक एकताको सुत्र बनाउनुपर्ने उपभापति निधिले बताएका छन् ।
यसैगरी भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ ।
 
यसैगरी फर्निचर र अटो मोवाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने छ ।
 
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना अनुसार बिहीबारदेखि भदौ ३१ गतेसम्म लागू हुने गरी स्वास्थय तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अपनाइ यसअघि निषेधित अधिकांश विषयहरुलाई सहजीकरण गर्दै व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने छ ।