नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न युएइ सरकारसँग आग्रह

आश्विन ०४,२०७७

-

असोज ४,२०७७ काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । 
 
आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बी बीच भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा युएई सरकार र  ब्यवसायीहरुलाई आग्रह गर्नु भएको हो । 
 
मन्त्री भट्टराईले कोभिड १९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि  युएई सरकारको सहकार्यको प्रसंसा गदै आउदो दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गर्नभयो । 
 
राजदुत नाक्बीले काठमाडौं युएई उडान थप गर्न आग्रह गर्नुभएको थियो सो सम्बन्धमा  मन्त्री भट्टराईले सकारात्मक भई चाडै निर्णय लिने जानकारी गराउनु भएको थियो ।