गीत ‘साउने झरी’ मा हेरुका र निरान्जलीको रोमान्स

आश्विन ०४,२०७७

-

असोज ४,२०७७ काठमाडौं ।
हेरुका लामा र निरान्जली लामा अभिनित ‘साउने झरी’ बोलको गीत बजारमा आएको छ । हेरुका लामाको अफिसियल युटुबबाट उक्त गीत सार्वजानिक गरिएको हो ।
 
सुनिल दिप्त राइले लेखेको उक्त गीतलाई उदय राज पौडेलले संगीत संयोजन, तारा प्रकाश लिम्बुले संगीत गरेका हुन भने उनै गायक एंव संगीतकार तारा प्रकाश लिम्बु र गायीका दीपा लामाले गाएका हुन ।
 
पेम्जोङ लामाको निर्माण, राम कुमार केसिले छायांकन, मनोज कार्किले कलर दिलिप तामाङले सम्पादन गरेको उक्त भिडियोलाई उनै मोडल एंव निर्देशक लामाले कोरियोग्राफ र निर्देशन गरेका हुन ।