बाँकेमा सङ्क्रमणमुक्त भएर घर फर्किनेहरु बढे

आश्विन १९,२०७७

-

असोज १९,२०७७ काठमाडौं ।
एकै पटक बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्किनेहरु बढेका छन् । सोमवार मात्रै जिल्लाकाा विभिन्न आएसोलेसनबाट थप ४८ जना संक्रमितहरु डिस्चार्ज भएर घर फर्किएको बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो ।
 
उहाँका अनुसार सोमवार संक्रमणमुक्त भएर घर फर्किनेहरुमा विभिन्न आइसोलेशनसहित अधिकांश होम आइसोलेशनमा बसेकाहरु छन् । श्रेष्ठले सोमवार २० महिला र २८ पुरुष गरेर ४८ जनालाई डिस्चार्ज गरेर पठाईएको बताउनुभयो ।
 
उहाँले १४ दिन आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएको र कुनै स्वास्थ्य समस्या नभएकोले उनीहरु सबैलाई स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार थप एकसाता घरमै बस्नुपर्ने जानकारी गराई घर पठाईएको बताउनुभयो ।
 
सोमवार घर फर्किएका ४८ जनासंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ६५० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार हालसम्म जिल्लामा २ हजार ५० जनामा कोरोना पुष्टि भएको छ भने २१ जनाको मृत्युु भइसकेको छ ।
 
हाल पनि होम आइसोलेसन लगायत जिल्लाका विभिन्न आइसोलेशनमा बाँकेका ३८० जना र अन्य जिल्लाका १५ गरी ३९५ जना भर्ना रहेको सो कार्यालयले जनाएको छ । गोरखापत्र