थापाथली अस्पतालमा नुवाकोटकी युवतीले जन्माइन् एकैपटक ५ शिशु !

आश्विन १९,२०७७

-

असोज १९,२०७७ काठमाडौं ।
 
थापाथलीमा रहेको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा २८ वर्षकी महिलाले पाँच शिशु जन्माएकी छन् । 
 
नुवाकोटकी २८ बर्षीया सोमिका तामाङको गर्भमा रहेको ५ शिशुलाई प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा डाक्टरहरुले सोमबार विहान शल्यक्रिया मार्फत निकालिएको हो ।
 
शल्यक्रियामा डा. दिप्ती श्रेष्ठ, डा.नमिता सिङदेन. एनेस्थेसियामा डा.मुकेश कुमारको टिम थियो । 
 
जीवित ४ नवजात शिशु बालरोग विशेषज्ञ डा.श्रद्धा श्रेष्ठको निगरानीमा एनआइसियुमा राखिएको छ । ४ जना शिशुको नै अवस्था सामान्य छ । पाँचमध्ये एक शिशु मृत जन्मिएका थिए । जिवित शिशु चार जना छोरी हुन् । मृत्यु भएको शिशु भने छोरा थियो ।
 
४ शिशुमध्ये पहिलो शिशुको तौल १.८ किलोग्राम, दोस्रो ८ सय ग्राम, तेस्रो १.९ किलोग्राम चौथो १.६ ग्राम रहेको छ । ३२ हप्तामा सुत्केरी हुनुभएकी सोमिकाको स्वास्थ्य अवस्था पनि सामान्य छ । 
 
हेल्थपाटी आनलाईनमा खबर छ ।