रामेछापको विकास निर्माणमा हाम्रो नजर

५ दिन अगाडि



असोज २८, २०७७ काठमाडौं ।
एउटा मुर्तिकारले धेरै नै मेहेनत गरेर मुर्ती बनायो र आफुले बनाएको मुर्ति धेरै राम्रो लागेर आफ्नो गुरुलाई भेटेर आफुले राम्रो मुर्ती बनाएको भनेर देखायो गुरु पनि खुशी भयो मुर्तिकारले गुरुलाई भन्यो मेरो यो जिवनकै पहिलो प्रयास भएकोले प्रदर्शनमा राख्छु गुरुले पनि खुशी प्रकट गर्दै हुन्छ राख्नु भन्यो । 
 
मुर्तिकारलाई आफ्नो कामबाट धेरैनै सन्तुष्ट लागेकोले अवलोकनकर्ता को पनि राय बुझ्न मन लागेछ । र मुर्तिको तल्लो भागमा (यो सृजना मेरो पहिलो प्रयास भएकोले कृपया कुनै कमिकमजोरी भए चिन्ह लगाईदिनु होला) लेखेर मुर्ती प्रदर्शनीमा राख्यो दिनभर, साँझ मुर्तिकार आउदाता मुर्तिमा जताततै चिन्ह लागाएको थियो मुर्तिकार दुखी हुँदै मुर्ती लिएर गुरुलाई भेट्न गएछ र गुरुलाई मुर्ती देखाउदै भने छ गुरु यो मुर्तिमा धेरै कमजोरी भए छ सबै ठाउँमा चिन्ह लगाएको रहेछ कमजोरी भनेर भन्यो अनि गुरुले सोध्यो तिम्ले के भनेर अबलोकन को लागि राखेको थियौ ? मुर्तिको मुनि लेखेर राखेको कुरा गुरुलाई भन्यो ... चिन्ता नलेउ अब भोलि यो मुर्ती त्यही ठाउँमा लगेर अबलोकनको लागि राख्नु र मुनि (यो सृजना मेरो पहिलो प्रयास भएकोले कृपया कुनै कमिकमजोरी भए त्याहा बनाईदिनु होला) लेखेर मुर्ती प्रदर्शनीमा राख्नु गुरुले मुर्तिकार लाई भन्यो अनि मुर्तिकारले त्यही ग¥यो भोलि पल्ट साझ जादात मुर्ती जस्ताको जस्तै रहेछ कसैले पनि बनाउने काम गरेन छ ... मुर्तिकार ले कुरो बुझेछ चुपचाप अर्को मुर्ती बनाउन लागेछ ।
 
म भिरपानी, रामेछाप जन्मेको २०४९ साल साउनमा पहिलो पल्ट बुबाको हात समातेर उकालि ओरालि सुनकोसी तरेर रोसिखोला नमोबुद्द बाट पनौति हुँदै बनेपा सम्म २ दिन हिडेर बनेपा आएर गाडिको पहिलोपटक दर्शन पाएको, त्यहीँबाट गाडी चढेर काठमाडौ आउने सौभाग्य जुरेको थियो २०५५ फागुन १ गते दोस्रोपटक दाईको हात समाएर काभ्रेको तिमाल डाँडा बाट कच्ची बाटोमा गाडिको चक्का नाच्दै नाच्दै भिरपाखा कान्ला मन भरी डर बोकेर काठमाडौ छिरेको म ।
 
आज समय अलि फेरिएको छ आफ्नै साधनमा करिब करिब २ घन्टामा काठमाडौंबाट रामेछाप भिरपानीमा पुग्छु अब आउनुस यो बिचको केही उतारचढाव कथा बुझौ मैले नेदरल्यान्डस्, पोर्चुगल, स्पेन, स्विजरल्याण्ड, फ्रान्स , दक्षिण कोरिया, जापान, चिन र भारत घुमेको छु बुलेट रेल बिना चालक रेल साततला अन्डरग्राउन्ड मुनिको रेल सबै कुराको अनुभव बटुल्ने मौका मिलेको छ । विकसित मुलुकको कुरा छाडौ २ दिन लगाएर काठमाडौ पसेकोलाई अहिले २ घन्टामा यात्रा पूरा हुन्छ ।
 
झट्ट सुन्दा सुनाउदा कथा भने जस्तो लाग्छ तर यो नै सत्य हो हाम्रो पुस्ताले भोगेको । खुशी लाग्छ गाउँमा पनि सरर आफ्नै यातायात साधन त्यो पनि पिच रोडमा, भिरपानी रामेछापमा जन्मनु भएका ज्ञान कुमार श्रेष्ठको अगुवाइमा स्थानीय (काठमाडौ आएर व्यापार व्यावसाय गर्नुहुने सामाजिक व्यक्तिहरू तत्कालीन एमाले र काङ्ग्रेसका सबै मिलेर आफ्नो गाँस कटाएर चन्दा उठाएर खनेको बाटो २०६३ ) झलनाथ खनाल प्रधानमन्त्री हुँदा पक्की पुल पनि बनाउदै सिन्धुली र रामेछाप जोडियो आज पिज हुँदै छ ।
 
बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलको पहलमा अहिले गाउको बाटोमा कालोपत्र हुँदै छ। केही कोणबाट राम्रो र केही कोणबाट नराम्रो कुरा उठ्नु वा उठाउनु ठूलो कुरा हैन हामी आशावादी हुने ब्यक्ति हो अगि अगाडी सुरुमा लघुकथामा केही प्रसंग उठाएको छ हामी औला उठाउन जहातही सक्छौ तर हामी सकारात्मक भएर कुनै पनि कुरालाई सहजीकरण रुपमा लिन सक्दैनौं किन होला ?  यो प्रश्न जहिल्यै गडेर बसेको छ मनमा ।
 
हामी दुई दिन लगाएर गाउँ देखि हिडेर काठमाडौ को यात्रा तय गर्ने हिजोको ती दुखको कुरा लाई आज गाउदेखी काठमाडौ सम्मको यात्रा दुई घन्टामा छोट्याउदा पनि कहि केही नमिले जस्तो गरि कुरा उठाउछौ यो दुनियाँमा कमिकमजोरी नभएको सृजना केही छैन कुनै न कुनै कुरामा कमजोरी देखिन्छ तर बनाउन हामी कहिल्यै समय खर्चिदैनौ बस फेरि औला सोझ्याउन चाहिँ समय खर्चिन्छौ गाउँमा जन्मेको हुर्केको एउट बबुरोको नाताले म ती तमाम सामाजिक रुपान्तरण को लागि आफ्नो गाँस कटाएर समाजलाई दान गर्नु हुने ब्यक्तिहरुलाई नतमस्तक सम्मान ब्यक्त गर्न चाहान्छु सामाजिक अभियन्ताहरु र माननीय कैलाश ढुङ्गेल लाई पनि हार्दिक धन्यवाद दिन चाहान्छु गाउँ समाज बिकास र रुपान्तरण मा सधै यहाँको अग्रणी भुमिका रहन्छ भन्ने विश्वास छ हामी युवाहरूलाई ।
 
-लेखक खाँडादेवी ३ भिरपनी, रामेछाप निवासी हुन् ।