दशैं आउँदा राम कुमार नेपालीको ‘पोल्छ मुटु’

आश्विन ३०,२०७७

-

असोज ३०,२०७७ काठमाडौं ।
लोक तथा दोहोरी गायक राम कुमार नेपालीको ‘पोल्छ मुटु’ सार्वजनिक भएको छ ।
 
गीतमा घरको आर्थिक अवस्था कमजोर भएकै कारण रोजगारीको लागि बुढि आमा, श्रीमती र आफु जन्मेको गाउँघरलाई छोडेर बिदेशीनु परेको कथालाई कलाकार दिलिप रायमाझी, अन्जली अधिकारी र सरिता राजोपाध्यायले जिवन्त उतारेका छन् ।
 
दिलिपलाई परदेशमा निर्दोष हुँदाहुँदैपनि चोरीको आरोप लगाएर फासी दिन खोजेको दृश्यले गीतलाई दर्दनाक बनाएको छ । तर गाउँमा बुढि आमा र श्रीमानको बाटो पर्खेर बसेकी श्रीमतीको माया र तपस्याले अन्तिममा निर्दोष सावित भएर गाउँ फर्किको सुखद पलबाट गीतको अन्त्य भएको छ ।
 
दिलिप र अन्जलीको दमदार अभिनयले गीतलाई अझैंबढि मिठो र वास्तविक बनाएको छ । यो गीतले दिलिप अभिनित चलचित्र मुग्लानको यादपनि ताजा बनाउछ । गीतलाई निर्देशक डि.आर सुजनले परिकल्पना तथा निर्देशन गरेका छन् भने मनिराज बस्नेतको अफिसियल युट्युवबाट सार्वजनिक गरिएको हो ।