प्रभु बैंकको २१०औं साखा रोल्पाको लिवाङमा सञ्चालन

कार्तिक ०३,२०७७

-

कात्तिक ३,२०७७ काठमाडौं ।
प्रभु बैंक लिमिटेडले २१० औं शाखा रोल्पाको लिवाङमा सञ्चालनमा ल्याएको छ । 
 
शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखी रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा सञ्चालन गरेको हो ।
 
लिवाङ शाखा कार्यालयको उद्घाटन गर्दे रोल्पा नगरपालिकाका मेयर पुर्ण के.सी.ले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेकोमा शुभकामना दिएका थिए । 
 
बैंकको लिवाङमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा लिवाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।