ई-पासपोर्ट छाप्ने ठेक्का फ्रान्सेली कम्पनीले दिने

कार्तिक ०५,२०७७

-

कात्तिक ५,२०७७ काठमाडौं ।
सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एण्ड सेक्युरिटीलाई दिने भएको छ ।
 
यो त्यही कम्पनी हो, जसले २० लाख ई-पासपोर्ट छाप्न भनी राहदानी विभागले आह्वान गरेको टेन्डरमा यसअघि पर्याप्त कागजात पेश गर्न सकेको थिएन ।
 
गत १९ फागुनमा दोस्रोपटक आह्वान भएको टेन्डरमा आईडीईएमआईएसहित सहभागी सबै कम्पनीले तोकिएको योग्यता पेश गर्न नसेककाले असोजको पहिलो सातामा ठेक्का रद्द गरिएको थियो ।
 
८ असोजमा विभागले तेस्रोपटक टेन्डर निकाल्दा आईडीईएमआईएसहित सात विदेशी कम्पनी प्रतिस्पर्धामा थिए ।
 
आईडीईएमआईएले सबैभन्दा कम मूल्य अर्थात २ अर्ब ४८ करोड ९२ करोड ११ लाख अमेरिकी डलर० कबोल गरेर ई–पासपोर्टको छपाई ठेक्का हात पार्न लागेको हो ।
 
स्रोतका अनुसार यसअघि रद्द भएको ठेक्कामा आईडीईएमआईएले ३ अर्ब १२ करोड रुपैयाँ ९२ करोड ६५ लाख ९० हजार डलर०मा कबोल गरेको थियो । सो टेन्डरमा पनि यही कम्पनी कम रकम कबोल गर्ने कम्पनी थियो ।
 
तेस्रो टेण्डरमा यसले पहिलेकोभन्दा ६४ करोड रुपैयाँ कम रकम कबोल गरेको छ ।