प्रधानमन्त्री र भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखको भेटघाट अर्थपुर्ण

कार्तिक ०६,२०७७

-

 
 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको भेटवार्तालाई अर्थपुर्ण रुपमा लिइएको छ । यो भेटघाटले नेपालको स्वतन्त्रता माथि आँच आउने काम भएको जिकिर केहि जानकारहरुले गरेका छन् ।
 
तर, प्रधानमन्त्री ओलीले गोयलसंग मन्त्रीपरिषदको निर्णय वेगर भेटघाट गर्नु हुन्थ्यो वा हुन्थेन भन्ने बारेमा बिबाद सृजना भएको छ । 
 
बुधबार आएका गोयलले विहिबार विहानसम्म को को लाई भेटे र के बिषयमा कुरा भयो भन्ने बिषय अहिले नेपाली राजनीतिमा निकै तरंग पैदा गरिदिएको छ । गोयलले प्रधानमन्त्री ओलीसंग गरेको भेटघाटलाई चौतर्फी रुपमा आलोचना शुरु भएको छ । सत्तारुढ नेकपा भित्रै पनि असन्तुष्ट सार्बजनिक भइसकेको छ । नेता भीम रावलले ओलीसंग गोयलको भेटघाटलाई आपत्तिजनक बताएका छन् ।
 
   उता, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधबकुमार नेपालले गोयलसंग भेटघाट नभएको दावी गरेका छन् । गोयल ९ जना टोली सहित बुधबार दिउँसो १ बजे आएर विहिबार विहान १० बजे फर्किएका थिए ।
 
पछिल्लो पटक नेपाल–भारत सम्बन्धमा आएको चर्चाका बिषयमा प्रधानमन्त्री ओलीसंग गोयलले छलफल गरेको स्रोतले जनायो । तर, प्रधानमन्त्री ओलीले गोयलसंग मन्त्रीपरिषदको निर्णय वेगर भेटघाट गर्नु हुन्थ्यो वा हुन्थेन भन्ने बारेमा बिबाद सृजना भएको छ ।