कोरोनाबाट चितवन र मोरङमा तीनजनाको मृत्यु

कार्तिक ०७,२०७७

-

 
काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार,  मोरङ र चितवनमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
 
मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा दुई जना र चितवनमा थप एक संक्रमितको मृत्यु भएको हो । नोबेल मेडिकल कलेज विराटनगरका ब्यवस्थापक नारायण दाहालका अनुसार शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकमा फोक्सो र मृगौला सम्बन्धी समस्या थियो ।
 
ती पुरूषमा कात्तिक ५ गते बिहान कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै आजै बिहान ४ बजे धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीय कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको दाहालले जानकारी दिए ।
 
मृतक महिला असोज २९ गते कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वास र मधुमेह रोगबाट ग्रसित महिलाको उपचारका क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।
यस्तै चितवनमा पनि थप एक संक्रमित पुरूषको मृत्यु भएको छ । घरमै आइसोलेसनमा बसेका भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको बिहीबार बेलुकी १० बजे १५ मिनेटमा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
 
असोज २६ गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमै रहँदा खोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल लगिएको थियो । अस्पताल पु¥याएर आइसीयूमा भर्ना गरिए लगत्तै उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।