बिदेशीको भरिया बने नेपालका कम्युनिष्ट । कसरी ?
Dirgha raj Prasai-
–दीर्घराज प्रसाई –----
२०३० सालको कार्तिकमा सोभियत रुसमा साम्यवाद चरमचुलीमा पुगेकाबेला मैले भाग लिने मौका पाएको थिएँ । तर मलाई धिक्कार लाग्यो– ‘सोभियत रुसको साम्यवादीसत्ताले व्यक्तिगत स्वतन्त्रता माथि गरेका दमनकारी व्यवहार ।’
२०३० सालको कार्तिकमा सोभियत रुसमा आयोजित १३५ राष्ट्रहरुको प्रतिनिधित्व भएको विश्वशान्ति सम्मेलनमा साम्यवाद चरमचुलीमा पुगेकाबेला मैले भाग लिने मौका पाएको थिएँ । मातृकाप्रसाद कोइरालाको नेतृत्वमा डा. नागेश्वरप्रसाद सिंह, केशवचन्द्र गौतम, हेमन्त वि.सी., सुरेन्द्रमान जोशी लगायत हाम्रो दशजनाको समूह थियो ।
अव नेपालको अस्तित्व कायम राखेर नेपालमा स्थापित हुने हो भने २०६३ सालपछि विदेशीको भरिया बनेर जसरी माओवादी, कांग्रेस, एमालेका नेताहरुले नेपाललाई धोका दिए, त्यसको प्रायश्चित गरेर नेपालको राजसंस्था, हिन्दुअधिराज्य र संसदीय प्रजातन्त्रको मिलनबिन्दुमा केन्द्रीत भएर आमजनतालाई रचनात्मक संदेश दिने बाटो अवलम्वन गरिनुपर्छ ।
मैले पनि विश्वशान्ति सम्मेलनमा बोल्ने मौका पाएँ । विश्वमा शान्ति कायम गरिने हो भने संयुक्त राष्ट्र् संघ शक्तिशाली हुनुपर्छ भन्दै सरसर्ती भाषण गरेको थिएँ । त्यो भाषण सोभियत सत्तालाई मनपरेन छ । त्यही बोलेको कारणले ५ दिन अगाडिनैं मलाई नेपाल फर्काइयो । त्यस कुराले मलाई धिक्कार लाग्यो– ‘सोभियत रुसको साम्यवादीसत्ताले व्यक्तिक स्वतन्त्रता माथि गरेका दमनकारी व्यवहार ।’
नेपालीहरु पढने मस्कोको सबैभन्दा ठूलो विश्वविद्यालयमा हामीहरुको स्वागत कार्यक्रम राखिएको थियो । प्रतिनिधि मण्डलको तर्फबाट मात्रृकाबाबुले मलाई बोल्न छान्नुभयो । लगभग दुई अढाई सय विद्यार्थीहरु उपस्थित भएको त्यस कार्यक्रममा मैले राम्रो मौका पाएको महसुस गरेर सम्पूर्ण विद्यार्थीहरुलाई प्रभाव पार्नेगरि नेपालको सुदृढ राष्ट्रियताको बारेमा बोल्दै ‘साम्यवाद र संसदवादको भिडन्तबाट नेपाल मुक्तहुन चाहेको छ, विश्वमा नेपाल आफ्नै प्रकारले प्रतिष्ठा कायम गर्न शशक्त छ र रुसमा पढने तपाईहरुबाट पनि ठूलो सहयोगको अपेक्षा राखेको छ’ भन्दै लगभग १५ मिनेट नेपालको गौरवमय सार्वभौम संस्कृतिको ब्याख्या गरेर कडा भाषण गरें ।
नेपालको अस्तित्व समाप्त गर्न लागेका पार्टीका नेता र नागरिक समाजका अपराधीहरुलाई समातेर कारवाही गर्न थालेपछि नेपाल अधिराज्यभरी दिपावली हुनेछ । खुसीले नेपाली जनता रमाउने छन् ।
तर त्यहाँ पढने कतिपय नेपाली विद्यार्थीहरु मेरो भाषणबाट आक्रोशित भएर मलाई समाप्त पार्ने समेत कार्यक्रम बनाएर त्यही राती मेरो होटल रुममा केही मानिस लिन पठाएका रहेछन् । साहै थाकेको हुनाले भोलि कुरा गर्ने भनेर मैले जवरजस्त फर्काईदिएँ । भोलि त सबै कुरा थाहा भयो मसँग निहु खोजेर खतम पार्ने कुरा रहेछ ।
उनीहरु ‘बहुदलीय व्यवस्थाको विरोध र नेपालमा कम्यूनिष्ट व्यवस्थाको माग गरोस’ भन्ने चाहँदा रहेछन् । नेपाली विद्यार्थीहरु यसरी रुसका खेतालामा परिणत भएकोमा धिक्कार लाग्यो । त्यसबेला बे्रज्नेभको शासन थियो । १५ बर्षपछाडि व्यक्तिगत स्वतन्त्रताको लागि सोभियत रुस १५ टुक्रामा विभाजित हुनगयो । तर सोभियत रुस समाप्त भएको र इतिहासका निर्माता महान लेनीनको शालिक ढाल्दा असाध्य दुःख लाग्यो ।
तरबारको भरको सर्वसत्तावादको अहंकार र शासकहरुमा बढ्दै गएको सुखसयल र माफियाकरणको कारणले सम्पूर्ण सोभियत राज्य विखण्डित हुनपुग्यो । पछि रुस टुक्राटुक्रामा विभाजित भइसकेपछि मेरो भाषण सुन्ने कतिपय व्यक्तिहरु र नेपालमा कार्यरत डा. दीर्घसिंह बमले २०५३ सालतिर उनको ल्किनिक त्रिपुरेश्वरमा ‘कस्तो राम्रो भाषण गर्नु भएथ्यो, मैले अझसम्म पनि संझिरहेको छु’ भनेर मलाई स्यावासी पनि दिएका थिए ।
त्योबेलाको एउटा घटनाको स्मरण गराउँछु । हामीहरुले लेनीनको ममी हेरेपछि स्टालीनको पनि समाधी हेर्न खोज्दा त्यस्तो केही पाइएन । स्टालीनको कहीं शालीक र स्टालीन संबन्धी कुनै पुस्तिका भेटिएन । खु्रस्चेबको उदय भएपछि स्टालीनका समर्थक सबै साम्यवादी नेताहरु मारिएका र ‘स्टालीन रुसको हत्यारा हो’ भनेर स्टालीनको लासलाई मस्को शहरमा घिसारेर घुमाइएको रहेछ । वास्तवमा स्टालीन रुसको निर्माता मानिन्छन् । साम्यवादी व्यवस्थामा प्रतिशोध र पूर्वाग्रहको चरम सीमा नाघ्दोरहेछ । व्यक्ति परिवर्तनपछिनैं सत्ताको रंगमैं फरक पर्दोरहेछ । यस्तो व्यवस्थालाई कसरी राम्रो मान्ने ?
संसारमा राष्ट्रिय स्वाभिमान र वयक्तिक स्वतन्त्रता भन्दा प्यारो केही पनि हुनसक्तैन । यसका लागि विश्वमा अनेकौं मानिसहरुले आफूहरुलाई समाहित गरेका छन् । यस हिसाबले नेपाल बनाउने हो भने नेपालका विभिन्न विचारधारामा विभाजित राजनीतिक दल र नागरिकहरुले नेपालको मौलिकता र सांस्कृतिक मान्यताको कदरगर्दै नेपालको स्थायित्वको लागि राजसंस्थाको निरन्तरता र प्रतिष्ठा र पहिचान कायम राख्न विश्वको एक मात्र हिन्दुअधिराज्य कायम राख्ने दुढता जनाएर सहअस्तित्वको बाटो लिन सक्नुपर्दछ । तर अहिले उठेका धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता र साम्प्रदायिकता र जातीय स्वायत्तताको कुरा राष्ट्रिय अखण्डताका लागि घातक हुनजान्छ ।
अमेरिकामा संसदवाद चम्केको बेलामा विश्वका अनेकौं राष्ट्र«हरुमा साम्यवाद फैलिंदै थियो । साम्यवाद र संसदवादको भिडन्तमा लाखौं लाख मानिसहरुले रगतको खोलो बग्नेक्रम जारी थियो । कम्वोडियाको नोमपेन्ह नजिकै तुओस्लेंग संग्रालयमा मानिसहरुको खप्परहरुको थुप्रो राखिएको र त्यसै संग्राहलयको सूचना पार्टीमा सन् १९७५ अपे्रलदेखि १९७९ जनवरीसम्ममा कम्यूनिष्टको सुदृढीकरणको नाममा पोलपोटका खमेररुज सैनिकहरुले ३३ लाख १४ हजार ७ सय ६८ व्यक्तिहरुको क्रुर हत्या गरिएकोे कुराको चित्रण उल्लेख गरिएको छ । वर्गविहीन साम्यवादी समाजको स्थापनाको लागि सन् १९१८ देखि १९२० सम्म लेनिनको समयमा १० लाख रुसी जनता मारिएका थिए ।
स्टालीनको नेतृत्वमा सम्पत्ति सामूहिकरण गर्ने योजनाको क्रममा सन् १९३४–१९३९को बीचमा साढे तीस लाख निरपराध मानिसहरुको हत्या भएको थियो । चीनमा पनि साम्यवादको सुदृढीकरणको लागि सन् १९४९ देखि १९६५ सम्मको समयमा लाखौं चीनिया जनताको हत्या गरिएको थियो । यसरी अन्य देशहरुमा पनि साम्यवादको नाममा मानवीय हत्या भएका काण्डहरु कतिछन् कति । इतिहासका यस्ता मानव हत्याका निन्दनीय घटनाहरुबाट नेपालका कम्युनिष्टहरुले सिक्नुपर्दछ ।
नेपालमा कम्यूनिष्टको जन्म रुस, चीन र अरुहरु देशमा भएको जस्तो प्रकारले भएको छैन । नेपालमा राष्ट्रियता र व्यक्तिक स्वतन्त्रतालाई दमन गरेर सर्वसत्तावादी कालो व्यवस्थाको लागि कम्युनिष्टहरु लडेका हुँदैनन् । रुसमा साम्यवादको जन्म गरिबीको कारणबाट भएको हो, राष्ट्रियताको कारणबाट होइन । चीनमा साम्यवाद गरिबी र राष्ट्रियताको कारणबाट जन्मिएको हो । तर नेपालमा कम्युनिष्टको जन्म गरिबीको कारणबाट होइन, राष्ट्रियताको कारणबाट भएको हो । नेपालका कम्यूनिष्टहरुको उद्गम राष्ट्रवाद हो ।
नेपाल बनाउने हो भने नेपालका विभिन्न विचारधारामा विभाजित राजनीतिक दल र नागरिकहरुले नेपालको मौलिकता र सांस्कृतिक मान्यताको कदरगर्दै नेपालको स्थायित्वको लागि राजसंस्थाको निरन्तरता र प्रतिष्ठा र पहिचान कायम राख्न विश्वको एक मात्र हिन्दुअधिराज्य कायम राख्ने दुढता जनाएर सहअस्तित्वको बाटो लिन सक्नुपर्दछ ।
सन् १९५० को नेपाल–भारत असमान संधि र दिल्ली संझौताको विरुद्धको पीडाबाट जन्मिएका कम्युनिष्टहरु विदेशी हस्तक्षपको विरोधको संगठित शक्ति हो र यसले नेपालका सम्वेदनशील कुराहरु मध्ये नेपालको राजसंस्था, हिन्दु तथा वौद्धको महिमा र राष्ट्रभाषा नेपालीलाई राष्ट्रिय अखण्डताको नजरले हेर्नु पर्नेमा ठीक त्यसको बिपरित २०६२ साल मंसिर ७ गते दिल्लीमा १२ बुँदे सहमति गरेर राष्ट्रलाई नैं बिचलीत बनाउन देश डुबाउन खोजेकाले नेपालका कम्यूनिष्टहरु भारतीय गुप्तचर संस्थाको रछयानमा भासिए ।
एमाले, ंमाओवादीको गठबन्दनको सरकार र प्रतिपक्षमा रहेको कांग्रेस यी दुबैको भ्रष्ट र देशबिरोधी क्रियाकलाप देख्दा नेपाली जनता वाक्क भएर नेपालमा राजा नभई यो देश बाँच्ने रहेनछ भन्ने कुरामा विश्वस्त भएर राजा ज्ञानेन्द्रको भ्रमणको बेला हजारौं जनता राजाको जयजयकार गरेर राजसंस्था यथावत रहिरहनुपर्छ, भन्ने माग गरिरहेका छन् ।
नेपाली विद्यार्थीहरु यसरी रुसका खेतालामा परिणत भएकोमा धिक्कार लाग्यो । त्यसबेला बे्रज्नेभको शासन थियो । १५ बर्षपछाडि व्यक्तिगत स्वतन्त्रताको लागि सोभियत रुस १५ टुक्रामा विभाजित हुनगयो ।
नेपालमा संसारको नजरमा नेपाल आँखो भएको सगरमाथा भएर हो ? वा पशुपतिनाथ रहेकाले वा जानकीधाम भएर वा गौतम बुद्धको जन्मभूमि भएर वा मुक्तिनाथ भएकाले हो ? होइन । संसारको नजरमा नेपाल आँखो भएको संसारको एकमात्र हिन्दु राजसंस्था भएको देश र विश्वको एकमात्र हिन्दु अधिराज्य भएर नैं हो । हिन्दु राजा र हिन्दु अधिराज्य सुरक्षित रहिरहेमा मात्र सगरमाथा, पशुपतिनाथ, जानकीधाम, गौतम बुद्धको जन्मभूमि, मुक्तिनाथ सबैको सुरक्षा हुन्छ । राजा यो पूण्यभूमिका रक्षक हुन् ।
त्यसैले नेपालका यी दुबै मान्यताहरुलाई समाप्त नगरुन्जेल विश्वमा इसाई साम्राज्य स्थापित गर्न नसकिने भएकाले क्रिस्चियन संगठन सशक्त बनेर नेपाललाई खान खोजेका हुन् । धर्मनिरपेक्षको नाममा नेपाललाई इसाईकरण गरेर यो हिन्दुस्थलको अस्तित्व नैं समाप्त गर्न लागेको अवस्था छ । नेपालको अस्तित्व समाप्त गर्न लागेका पार्टीका नेता र नागरिक समाजका अपराधीहरुलाई समातेर कारवाही गर्न थालेपछि नेपाल अधिराज्यभरी दिपावली हुनेछ । खुसीले नेपाली जनता रमाउने छन् ।
संसारको नजरमा नेपाल आँखो भएको संसारको एकमात्र हिन्दु राजसंस्था भएको देश र विश्वको एकमात्र हिन्दु अधिराज्य भएर नैं हो । हिन्दु राजा र हिन्दु अधिराज्य सुरक्षित रहिरहेमा मात्र सगरमाथा, पशुपतिनाथ, जानकीधाम, गौतम बुद्धको जन्मभूमि, मुक्तिनाथ सबैको सुरक्षा हुन्छ । राजा यो पूण्यभूमिका रक्षक हुन् ।
नेपाल स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न देश हो । देश बचाउने हामी सबै नेपालीहरुको कर्तव्य हो । अव नेपालको अस्तित्व कायम राखेर नेपालमा स्थापित हुने हो भने २०६३ सालपछि विदेशीको भरिया बनेर जसरी माओवादी, कांग्रेस, एमालेका नेताहरुले नेपाललाई धोका दिए, त्यसको प्रायश्चित गरेर नेपालको राजसंस्था, हिन्दुअधिराज्य र संसदीय प्रजातन्त्रको मिलनबिन्दुमा केन्द्रीत भएर आमजनतालाई रचनात्मक संदेश दिने बाटो अवलम्वन गरिनुपर्छ ।