बुधबार १४ सय ९० जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

मंसिर १७,२०७७

-आस्था न्यूज

मंसिर १७, २०७७ काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेमा ५६५ महिला र ९२५ पुरुष रहेका छन् । यो सँगै नेपालमा हालसम्म २ लाख ३६ हजार २४६ जनामा कोरोना संक्रमण देखिएको छ ।
 
हालसम्म पीसीआर परीक्षणको संख्या १७ लाख ५४ हजार ६३० छ भने २४ घण्टामा ८ हजार ३०० पीसीआर परीक्षण भएका छन् ।
 
देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ छ । क्वारेन्टाइनमा रहनेको संख्या ६०५ रहेको छ ।
 
२४ घण्टामा १ हजार ५६७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख १८ हजार १६१ जना घर फर्किसकेका छन् । त्यसैगरी २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको छ ।