चर्चित अभियन्ता सिद्धार्थ अधिकारी भन्छन् ,‘यी नेताले टेरेनन्, अबको बिकल्प सशस्त्र संघर्ष’

मंसिर २६,२०७७

Siddhartha Adhikari

-

 
काठमाडौं । चर्चित अभियन्ता सिद्धार्थ अधिकारीले बर्तमान नेताहरुले देश र जनताले चरम धोका दिएकोले अबको विकल्प सशस्त्र संघर्ष भएको दावी सार्बजनिक गरेका छन् ।
अबको विकल्प सशस्त्र आन्दोलन बाहेक अरु हुनैसक्दैन, उनले एक धारणा सार्बजनिक गर्दे भनेका छन्,‘नेताहरुले देश लुट्ने र बन्धकी राख्ने काम मात्र गरे ।’
 
 नेपालको राजनीति अहिले आएर भ्रष्टाचारवादमा परिणत भएको छ, उनले भने,‘जताततै भ्रष्टहरूको बिगबिगी छ ।’ यो सहनु भनेको हामीले पनि देशप्रति गद्धार गर्नु हो, अधिकारीले भनेका छन् । राजनीतिमा रहेका हरेक व्यक्ति कसरी भ्रस्टाचार गर्ने भन्ने जोडघटाउमा लागिरहेका छन् । देशको विकास निकास र समृद्धि भन्ने कुरा उनीहरूको जनतालाई झुक्याउने र जनतालाई भ्रममा राखेर कसरी बहुमत ल्याउने र देश लुट्ने वाहेक केहि काम गरेनन्, त्यसैले अब सशस्त्र संघर्षको विकल्प आएको अभियन्ता अधिकारीले जिकिर गरेका छन् ।
 
अब पनि नेपाली जनता हरु चुप लागेर बस्ने हो भने एक दिन नेपाल असफल राष्ट्रको रुपमा परिणत भइसक्ने उनको ठोकुवा छ । 
 
  कसरी दुई तिहाई बहुमत प्राप्त गर्ने र देशको ढुकुटी लुट्ने यही मात्र राजनीतिक गर्ने व्यक्तिहरूको मुख्य उद्देश्य बन्नु नै दुर्भाग्य भएको उनले चिन्ता व्यक्त गरे । ‘मैले भ्रष्टाचारीहरुलाइ, बलत्कारीलाई, तस्करलाई र देशद्रोहीलाई फाँसीको सजाय शुरुदेखि नै माग गर्दे आएको छु, अधिकारीले भने,‘तर सरकारले झन सजांयका ऐनहरु फितलो बनाउँदै लग्यो ।’ भ्रष्टाचार गर्न सजिलो बनाउने कानुन निर्माण भएको उनले दाबी गरे ।
 
 ‘अपराधीहरुलाई सजायका बारेमा बहस छलफल चलाई अपराधलाई नियन्त्रण गर्नको निमित्त अपराधीलाई फाँसीको सजायका लागि धेरै वर्षदेखि आन्दोलनरत छु,’ अभियन्ता अधिकारीले भनेका छन्,‘अव राज्यबाट अपराधीहरुलाई मृत्युदण्डको सजाय दिने कुनै छाँटकाँट छैन र हुँदा पनि हुँदैन तसर्थ अबको विकल्प भनेको सशस्त्र आन्दोलन बाहेक अर्को विकल्प हुन सक्दैन ।’ म सारा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अनुरोध गर्न चाहन्छु अब सबै एकजुट बनौं र सशस्त्र संघर्षबाट देश निर्माणको बाटो तय गरौं ।’ देश बनाउने हो भने देशमा रहेका भ्रष्टाचारीहरुलाई निर्मुल बनाउनको निमित्त सशस्त्र द्वन्द्वमा अगाडि बढेर देशलाई असफल बनाउने ब्यक्तिहरुलाई सदाका निमित्त बिदाइ गर्न ढिलो भइसकेकोले सबै एक पटक सशस्त्र संघर्षमा होमिन उनले आह्वान गरेका छन् ।  अब पनि नेपाली जनता हरु चुप लागेर बस्ने हो भने एक दिन नेपाल असफल राष्ट्रको रुपमा परिणत भइसक्ने उनको ठोकुवा छ । 
 
(सिद्धार्थ अधिकारी एक सामाजिक अभियन्ता हुन् । उनले पछिल्लो राजनीतिप्रति असन्तुष्ट जनाउँदै आएका छन् । उनले सार्बजनिक रुपमै सशस्त्र संघर्षको संकेत गरिसकेका छन् । यो उनको भनाई उनको फेसवुकबाट साभार गरिएको हो । –सम्पादक ।)