नयाँ बसपार्क समितीको आयोजनामा ब्याडमिन्टन प्रतियोगीता हुने

पौष २०,२०७७

-

पुस २०,२०७७ काठमाडौं ।
 
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा “प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगीता” यही पुस २४ गते हुने भएको छ ।
 
मनमैजु, काठमाडौं स्थित स्पोर्ट हलमा हुने प्रतियोगीतामा भाग लिनका लागी पुस २३ गते सम्म टिम दर्ता गराईसक्नुपर्ने छ । प्रतियोगीतामा भाग लिनका लागी पुरुष तर्फ १ हजार र महिला तर्फ ५ सय रुपैया तोकिएको छ ।
 
प्रतियोगीतामा पुरुष तर्फ प्रथम पुरस्कार कप, मेडल, प्रमाण पत्र र नगद रु ३ हजार, द्धितिय पुरस्कार कप, मेडल, प्रमाण पत्र र नगद रु २ हजार रहेको छ भने तृतिय पुरस्कार कप, मेडल, प्रमाण पत्र र नगद रु १ हजार रहेको छ । साथै महिला तर्फ प्रथम पुरस्कार कप, मेडल, प्रमाण पत्र र नगद रु १५ सय, द्धितिय पुरस्कार कप, मेडल, प्रमाण पत्र र नगद रु ५०० रहेको छ ।
 
लोक कलाकारहरु कै इतिहासमा पहिलो पटक सोही संस्थाका अञ्चल शाहीको परिकल्पनामा उक्त प्रतियोगीताको  गर्न गरिएको हो । प्रतियोगीतामा चर्चित कलाकारहरु दुर्गा रायमाझी, रमेश बिजी, बद्रि पंगेनी, पशुपती शर्मा, रामजी खाँण, शिब हमाल, राधिका हमाल, देबी घर्ती, प्रिती आले, पुर्णकला बिसी, जमुना सनम, पिएन सापकोटा, सुजन लम्साल, रमेश बाबु थापा लगायत अन्य चर्चित कलाकारहरुको उपस्थिती रहने छ ।
 
प्रतियोगीतालाई सभ्य अनि भब्य रुपमा सफल बनाईदिन अध्यक्ष अञ्चल शाहीले अनुरोध गरेका छन् । साथै प्रतियोगीता सफल बनाउनका लागी बिभिन्न ब्यक्ति र संघ संस्थाहरुले आर्थिक सहयोग गरेको जानकारी दिदै अध्यक्ष अञ्चल शाहीले सहयोगीदाताहरु प्रति आभार प्रकट गरेका छन् ।