राजश्व संकलनका लागि भोलीको अन्तिम शनिबार पनि बैंक खुला हुने

पौष २४,२०७७

-

पुस २४,२०७७ काठमाडौं । 
 
भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो ।
 
राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् ।
 
 
केही बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउँसो बैंक खुला रहने जानकारी गराइसकेका छन् ।