पीएसजीलाई सुपर कप फुटबलको उपाधि

माघ ०१,२०७७

-

माघ १,२०७७ काठमाडौं ।
ट्रफी डेस चाम्पियन्स (सुपर कप) फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जितेको छ ।
 
बुधबार राति भएको फाइनलमा मार्सेलीलाई २-१ गोलले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो ।
 
पीएसजीको जितमा माउरो इकार्डी र नेयमारले एक एक गोल गरे । मार्सेलीका दिमिट्री पायटले एक गोल फर्काए ।
 
यससँगै पीएसजीले १०औँ पटक ट्रफी डेस चाम्पियन्सको उपाधि जित्न सफल भएको छ ।