इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटी विजयी

माघ ०४,२०७७

-

माघ ४,२०७७ काठमाडौं ।
 
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी विजयी भएको छ ।
 
गएराति भएको खेलमा साउथह्याम्पटनलाई २-० गोल अन्तरले हराउँदै लेस्टर सिटीले लिगमा महत्त्वपूर्ण जित निकालेको छ ।  लेस्टरको जितमा जेम्स म्याडिसन र हार्भी बार्नेसले एकरएक गोल गरे । खेलको ३७ औँ मिनेटमा लेस्टरका म्याडिसनले पहिलो गोल गरे ।
 
दोस्रो हाफपछि बार्नेसले लेस्टरका लागि अर्को गाले थपे । जितपछि लेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । लेस्टर सिटीको १८ खेलबाट ३५ अंक भएको छ । एक खेल कम खेलेको शीर्षस्थानको म्यानचेस्टर युनाइटेडको ३६ अंक छ ।