नेकपाका प्रचण्ड-माधव समूहका नेताहरुद्धारा ओलीसँग स्पष्टीकरण माग

माघ ०५,२०७७

-

माघ ५, २०७७ काठमाडौं ।
नेकपा प्रचण्ड-माधव समूहका नेताहरुले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएका छन् ।
 
संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड-माधव समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
 
त्यही निर्णयको पत्र लिएर नेता सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव बालुवाटार पुगेका हुन् । पत्र बालुवाटारमा बुझाएर फर्किएको एक नेताले जानकारी दिए ।