कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

बैशाख १३,२०८१

-आस्था न्यूज

वैशाख १३, २०८१ काठमाडौं ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। बिहीबार प्रदेश सभामा कँडेलले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको हो।
 
सभामुख नन्दा गुरूङले प्रस्तावको पक्षमा २३ मत, प्रस्तावको विपक्षमा १२ मत र तटस्थमा १ मत परेको बताइन्। बिहीबारको मतदानमा ३५ प्रदेश सभा सदस्य सहभागी थिए।
 
विश्वासको मत माग्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश सभाको स्थापनाकालदेखि निरन्तर एउटा जनप्रतिनिधिका हिसाबले भूमिका निर्वाह गर्ने अवसर जनताले प्रदान गरेको अवस्थालाई आफूले राम्रोसँग महसुस गरिरहेको बताए।