अमेरिकी डिभीको नतिजा आज आउँदै

बैशाख २२,२०८१

-आस्था न्यूज

वैशाख २२, २०८१ काठमाडौं ।
अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै छ ।
 
नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।
 
दूतावासले आज राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर मा गई  नतिजा हेर्न सक्ने जनाएको छ ।
 
दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको जानकारी दिएको छ ।