काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

बैशाख २२,२०८१

-आस्था न्यूज

वैशाख २२, २०८१ काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ । 
 
शनिबार महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गरिनेछ । 
 
इच्छुक उम्मेदवारले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेस गर्न सकिने सूचनामा उल्लेख छ ।