भरत परियारको नयाँ गीत “यो मन दुखेको” सार्वजनिक

माघ २६,२०७७

-आस्था न्यूज

माघ २६,२०७७ काठमाडौं ।
 
गायक भरत परियारको नयाँ गीत “यो मन दुखेको” सार्वजनिक भएको छ । यस गीतमा भरत परियार र बिमला परियारको स्वर रहेको छ भने भरत परियारको शब्द, संगीत रहेको छ ।
 
जिवन केसीको निर्देशन रहेको गीतमा महेश महराको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा शंकर आरजे, रबिना भित्रीकोटी, लक्ष्मी तामाङ, मुकेश बुढाथोकी आदीको अभिनय रहेको छ ।
 
 गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला-
https://youtu.be/yaRDGPZUqqE