सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा १ हजार सात सयले घट्यो

फाल्गुण १८,२०७७

-आस्था न्यूज

फागुन १८,२०७७ काठमाडौं ।
आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
 
हिजो प्रतितोला ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार ७०० रुपैयाँले घटेर प्रतितोला ८७ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 
तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ६५० रुपैयाँ कायम भएको छ ।
 
यस्तै, चाँदीको मुल्य पनि तोलामा ४० रुपैयाँले ओरालो लागेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ३० रुपैयाँ रहेको थियो ।