नेपाल अब शान्तिपूर्ण युगमा प्रवेशः प्रधानमन्त्री

फाल्गुण २१,२०७७

-आस्था न्यूज

फागुन २१, २०७७ काठमाडौं ।
 
 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् ।
 
सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अब कुनै हिंसात्मक गतिविधिमा संलग्न शक्ति नभएको दावी गरे ।
 
विप्लव समूह राजनीतिक मुलुधारमा आउनु फोर्स ल्यान्डिङ, क्र्यास ल्यान्डिङ नभइ सेफ ल्यान्डिङ भएको प्रधानमन्त्री ओलीले बताए ।
 
उनले भने, ‘यो फोर्स ल्यान्डिङ होइन, क्रास ल्यान्डिङ पनि होइन । यो सेफ ल्यान्डिङ हो ।’
 
प्रधानमन्त्री ओलीले रातारात नभइ लामो समयदेखिको वार्ताको परिणाम स्वरुप विप्लव समूहसँग अहिले सहमति हुन सफल भएको बताए ।
 
‘यो रातारात भएको सहमति होइन, यसका लागि विगत एक वर्षभन्दा बढी समयदेखि हामी गम्भीर वार्तामा बस्दै आएका थियौँ ।’ उनले भने ।