आजदेखि एमाले मुख्यालय थापाथलीबाट सञ्चालन

बैशाख ०९,२०७८

-आस्था न्यूज

वैशाख ९,२०७८ काठमाडौं ।
काठमाडौको धुम्बाराहीमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सरेको छ । कार्यालय सञ्चालनमा आएसँगै बिहीबार प्रधानमन्त्री  तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेका छन् । 
धुम्बाराहीमा चक्रपथ विस्तार गर्नुपर्ने भएपछि असहज हुने भएकाले केन्द्रीय कार्यालय थापाथलीमा सारिएको एमालेले जनाएको छ । 
 
थापाथली हाइटस्थित उमङ्ग मार्गमा १३ कोठे घरमा एमाले कार्यालय रहेको छ ।  उक्त घर प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगडका आफन्तको भएको बुझिएको छ ।