हैदरावादलाई दिल्लीले सुपर ओभरमा हरायो

बैशाख १३,२०७८

-आस्था न्यूज

वैशाख १३, २०७८ काठमाडौं ।
 
दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ ।
 
चेन्नईमा आइतबार राति भएको खेलमा दिल्ली र हैदरावादले समान १५९ रन बनाएपछि खेलको नतिजा सुपर ओभरबाट छिनोफानो भएको थियो । यस सिजन चौथो जित हात पारेको दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।
 
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १५९ रन बनाएको थियो । दिल्लीले दिएको १६० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।