ला-लिगामा एथलेटिको र रियल दुबै विजयी

बैशाख १९,२०७८

-आस्था न्यूज

वैशाख १९,२०७८ काठमाडौं ।
स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले ओशासुनालाई २-० ले हराएको छ । घरेलु मैदानमा रियलबाट ७६ मिनेटमा मिलिटाओ र ८० मिनेटमा कासिमेरोले एक एक गोल गरे । 
 
यससँगै ला-लिगाको अन्तिम चार खेल बाँकी छँदा उपाधि होड निकै रोमान्चक बनेको छ । रियलले ३४ खेलबाट ७४ अंक जोडेको छ भने शीर्ष स्थानमा रहेको एथलेटिको म्याड्रिडले समान खेलबाट ७६ अंक बनाएको छ । एथलेटिकोले यसअघि शनिबारै इल्चेमाथि १–० को जित निकालेको थियो । 
 
ला लिगमा ३३ खेलेको बार्सिलोनाको ७१ अंक र समान खेल खेलेको सेभियाको ७० अंक छ । यी दुई टोली पनि उपाधि होडमा छन् ।