कोरोनाका बिरामी बचाउँन “एक व्यक्ति एक अक्सिजन” सहयोग अभियान सुरु

जेठ ०१,२०७८

-उमा के.सी.

जेठ १,२०७८ काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन नपाएर छटपट्टिनुपर्ने अवस्थाको अन्त्य गराउने उदेश्यले “एक व्यक्ति एक अक्सिजन” अभियानको सुरुवात भएको छ । 
 
नेपाल शाकाहारी पार्टीका अध्यक्ष राधे खड्काले शनिबार सामाजिक सञ्जाल मार्फत शनिबार एक व्यक्ति एक अक्सिजन सिलिण्डर अभियानको सुरुवात गर्नुभएको हो ।

गत वर्षदेखी सुरु भएको कोरोना महामरी र लकडाउनको समयमा मानवताको अभियानमा रहेर कार्य गर्दै आउनुभएका खड्काले यस पटक पनि एकजना बिरामीलाई एउटा अक्सिजन सिलिण्डर उपलब्ध गराउनका लागि उक्त अभियानको सुरुवात गरेको जानकारी दिनुभयो ।

नेपालमा कोरोना संक्रमित बिरामीले अक्सिजन नपाएर छटपट्टिरहनुपरेको भयाभह अवस्थालाई मध्यनजर गर्दै सहयोग गर्न अभियान सञ्चालन गर्नुपरेको उहाले स्पष्ट पार्नुभयो ।  

अध्यक्ष खड्काले कोरोना संक्रमित बिरामीलाई  व्यक्तिगत १० ओटा अक्सिजन सिलिण्डर ग्यास उपलब्ध गराउने घोषणा गर्दै उक्त अभियानको सुरुवात गर्नुभएको हो । 

विभिन्न ३० भन्दा बढि संस्थाहरुसँगको सहकार्यमा अभियान सुरु गर्नुभएका खड्काले एक हजार अक्सिजन सिलिण्डर ग्यास जम्मा गरेर बिरामीहरुलाई वितरण गरिने जानकारी दिनुभयो ।

कोरोना भगाऔं करुणा जगाऔं नारा दिएको अभियानमा सहभागी भएर सहयोग गर्न खड्काले सबैसँग आग्रह समेत गर्नुभएको छ । 

यस अभियानमा कुनैपनि संस्था, व्यक्ति या सरकारका तर्फबाट खाली अथवा भरी अक्सिजन सिलिण्डर ग्यास सहयोग गर्न सक्नेछन् । यदि त्यो सम्भव नभएको खण्डमा आर्थिक हयोग गरेर अभियानमा साथ दिन पनि उहाले आग्रह गर्नुभएको छ ।

उक्त अभियानका लागि इजराएलबाट समाजसेवी पवित्रा गौतम, अमेरिकाबाट हेम एण्ड माया फाउण्डेसनका संस्थापक हेम र माया थापा, यूकेबाट सुधा मरठाले आर्थिक सहयोग गरेको पनि खड्काले जानकारी दिनुभयो ।

अक्सिजन सिलिण्डर सहयोग गर्नेलाई The Oxygen Hero को नाममा सम्मान समेत गरिने छ भने उक्त सिलिण्डर पछि फिर्ता गर्ने जनाइएको छ ।

केही दिनभित्रै एक हजार अक्सिजन सिलिण्डर चिनबाट मगाउने तयारी भैरहेको जनाउँदै अभियान्ता खड्काले देशभर आइसोलेसन केन्द्रहरु स्थापना गर्न लागेको पनि जानकारी दिनुभयो । 

अभियानमा आर्थिक सहयोग गर्न चाहनेले राधे खड्काको फोन नम्बर  9841571021 मा सम्पर्क गर्न सकिने छ । त्यसैगरी esewa ID : 9841571021 र ग्लोबल आई एम इ बैंक नख्खु साखामा रहेको खाता नम्बर 8507010001567, Swoft code: GLBBNPKA  मा जम्मा गर्न सकिने जनाइएको छ ।

 

No description available.