पात्र र पात्रता कसरी बुझ्ने ?

पात्रताको राम्रो संग परिक्षा नलिई नियुक्ति गरिएमा दुधमा बिष मिसाए सरह हुन्छ l जुन नाङ्गो आखाले देखिदैन तर सेवन गरे ज्यान जान सक्दछ l

जेठ २९,२०७८

-पारस पोखरेल

-पारस पोखरेल 

महाभारतमा एक पटक गुरु द्रोणाचार्यले आफ्नो शिष्यहरुको परिक्षा लिने उद्देश्यले नदीमा गोहिबाट आफुलाई बचाउन भन्छन् तर कोहि पनि त्यहिँ साहास गर्न सक्दैनन् तर अर्जुन आफ्नो ज्यानको परवाहा नगरी गुरुलाई बचाउन नदीमा हामफालेर गुरुलाई बचाउन जान्छन् l यो साहस देखेर गुरु सबलाई भन्छन् पात्र सबै जना भएपनि पात्रता केवल अर्जुनले शिद्ध गरे र गुरु कृपाको योग्य भएका छन्  l

 

गुरु द्रोणाचार्यले आफ्नो छोरा अश्वास्थामालाई दुर्योधनको सट्टा अर्जुनसंग मित्रता साध्न सुझाउछन् तर अश्वास्थामाले त्यसलाई नकार्दै सबै शिष्य भन्दा अर्जुनलाई बढी स्थान दिएर पश्यपात गरेको आरोप लगाउछन् l गुरु  द्रोणाचार्य भन्छन् नदीले पात्र हेरेर जलको मात्रा कम बेसी दिदैन यो उसले लिएर आएको पात्रतामा निर्भर हुन्छ कि उसले कति जल प्राप्त गर्छ  l अन्जुली लिएर गएमा त्यति मात्र जल प्राप्त गर्न सक्छ जति उसको अन्जलिमा अट्छ l गाग्री लिएर गएमा उसले गग्रिभरी जल प्राप्त गर्न सक्छ l त्यसैले पात्र मात्र भएर सबै प्राप्त हुदैन त्यसको लागि पात्रता पनि त्यतिकै आवश्यक हुन्छ , जुन अर्जुन संग छ , त्यो अरु संग छैन l

 

पात्रताको राम्रो संग परिक्षा नलिई नियुक्ति गरिएमा दुधमा बिष मिसाए सरह हुन्छ l जुन नाङ्गो आखाले देखिदैन तर सेवन गरे ज्यान जान सक्दछ l

 

पात्रको पात्रता अथवा सुपत्रता उसको कर्म  एवं व्यवहार संग परिलक्षित हुन्छ l आरक्षण अथवा अन्य कारणले सुपत्रताको स्थान तय गर्न सकिदैन l यसैको कारणले कुनै पनि पद वा कार्य गर्न असक्षम मानिन्छ , पक्षपातको कारणले होईन l यदि पात्रताको गरिमालाई स्वीकार नगरी कुनै कार्य गर्ने हो भने के परिणाम हुन्छ , महाभारत एउटा राम्रो उदाहरण बन्न सक्छ l

 

 

पात्रताको परिचय पात्रको कर्म , लगनसिलता, सक्ष्यम्ता र उसको व्यवहारले निर्देशित गर्ने गर्दछ l त्यसैले पात्र छान्नु भन्दा पहिले उसको पात्रता कति छ अर्थात् उक्त व्यक्ति त्यस कार्यको लागि कति सक्षम छ भनेर जाच्नु अपरिहार्य हुन्छ l पात्रताको राम्रो संग परिक्षा नलिई नियुक्ति गरिएमा दुधमा बिष मिसाए सरह हुन्छ l जुन नाङ्गो आखाले देखिदैन तर सेवन गरे ज्यान जान सक्दछ l

 

हामी प्राय जसो स्थानमा पात्रको पात्रता नहेरी निर्णय लिने गर्दछौ , जसको कारण पछुताउने बाहेक केहि हुदैन l सहि पात्र सहि स्थानमा राख्न र नियुक्ति गर्न सकियो भने हाम्रो जीवन एवं देश पनि सवाल र उत्कृष्ट बन्न सक्छ l तर यसको लागि पात्रको पात्रताको जाच पड्ताल राम्रो संग गर्न जरुरी हुन्छ l

 

यो चाहे देशको नेतृत्व चयन गर्ने होस् वा आफ्नो लक्ष्य निर्धारण गर्ने सवाल होस् l पात्रता एवं सक्ष्यम्ताबारे ध्यान दिन जरुरी हुन्छ l तपाईको एउटा निर्णयले आउने समयमा कस्तो प्रभाव पार्दछ भन्ने कुरालाई अङ्कित गर्दछ l

 

अहिले प्राय मानिसहरु आफुले चाहेको प्राप्त भएन, मैले पनि त्यतिनै शिक्षा प्राप्ति गरेको छु जति अरुले गरेका छन् l त्यहिँ पनि मलाई किन पक्षपात, म किन तिरस्कृत भन्ने सोच्ने गर्दछ l यसको उत्तर , कि उसमा पात्रता छैन अथवा पात्रता जाच्ने पद्धति छैन l सफलता सिद्धि गर्न अर्जुनले महाभारत युद्ध गर्नु पर्यो l के तपाई यसको लागि पनि तयार हुनुहुन्छ त ?

 

अध्यात्मिक जीवनको अधिकतम लक्ष्य प्राप्ति होस् वा जीवनमा सफल हुन् आफूभित्र पात्रताको विकास गर्न आवश्यक हुन्छ l पात्रता जति सवल र ठुलो अर्थात् सक्षम बन्दै जान्छ , भगवानको कृपा दृष्टि र सफलता त्यतिनै बढी मात्रमा प्राप्त गर्न सकिन्छ l आफुलाई चिनेर आफुमा भएको बिशेष गुणलाई बृहत बनाए पात्र सुपात्र बन्न सक्छ l तसर्थ पात्रता प्राप्तिका लागि पात्र मात्र भएर हुदैन l यसको लागि यसको योग्य पनि बन्नु पर्दछ भन्ने तथ्य अवगत हुन् जरुरी छ l