वर्षापछिको पहिरोले विभिन्न राजमार्ग अवरुद्ध

आषाढ ०१,२०७८

-आस्था न्यूज

असार १,२०७८ काठमाडौं । 
सिद्धार्थ राजमार्ग अन्तर्गत विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
 
पाल्पाको डुम्रे नजिकै पहिरो खस्दा तानसेन-बुटवल सडक खण्ड अवरुद्ध भएको छ । यस्तै राम्दी सीता पहाडबाट पहिरो खस्दा बर्तुङ-स्याङ्जा सडकखण्ड पनि अवरुद्ध भएको छ ।
 
अवरुद्ध सडक खुलाउने प्रयास भएपनि अविरल भारी वर्षाका कारण केही घण्टा लाग्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
 
सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र, दोभान, चर्चरे, चौविसमाइल, डुम्रे लगायतका क्षेत्रमा पनि पहिरो जाने उच्च जोखिम भएकाले यात्रा गर्दा सजग रहन प्रहरीले अनुरोध गरेको छ ।
 
बाढीले मनाङमा विद्युत्गृह, बेलिब्रिज र काठेपुल बगाएको छ । त्यस्तै तालगाउँको आधा बस्ती पनि डुबानमा परेको छ ।