अमेरिकाले पठाएको कोरोना खोप प्रधानमन्त्रीलाई हस्तान्तरण, एक डोज लगाए हुने

आषाढ २८,२०७८

-आस्था न्यूज

असार २८,२०७८ काठमाडौं ।
अमेरिकी सरकारले अनुदानमा सहयोगमा नेपाललाई जोन्सन एण्ड जोनसनको खोप उपलब्ध गराएको छ । नेपालमा आएका यसअघिका भेरोसेल र कोभिसिल्ड खोप दुई डोज लगाउनुपर्नेमा सो खोप एक जोड मात्रै लगाए पुग्नेछ । 
 
सोमबार १५ लाख ३४ हजार ८५० मात्रा सो खोप काठमाडौं आइपुगेसँगै विमानस्थलमा अमेरिकी राजदूत र्‍याण्डी बेरी र  स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले संयुक्त पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएका थिए । 
 
​सो क्रममा अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवनरक्षाका लागि सहयोगी हुने मन्त्री श्रेष्ठले बताए । 
 
यस्तै अमेरिकी राजदूत बेरीले  पनि राजनीतिक लाभका लागि आफ्नो देशले खोपको व्यापार नगर्ने बताएका छन् । 
 
आजै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेरीले हस्तान्तरण गरेको छन् । अमेरिकाले दिएको सो खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई दिने सरकारले तयारी गरेको छ ।