सामसङको ग्यालेक्सी एस एट र एट प्लस सार्वजनिक

चैत्र १७,२०७३

-विविसि

चैत्र १७, २०१७ –

सामसङले आफ्नो नयाँ फोन ग्यालेक्सी एस एट र एट प्लस सार्वजनिक गरेको छ ।

यी दुबै फोनमा ‘होम बटन’ हटाइएको छ र एउटा नयाँ ‘भर्चुअल असिस्टेन्ट’ यसको विशेषतामा समावेश छ ।

यी दुई फोनको स्क्रिन साइज पछिल्लो वर्ष सार्वजनिक गरिएको सामसङ एससेभेन र एससेभेन एज जत्तिकै छ ।

नोट सेभेनमा आगो लागेपछि सामसङले त्यसलाई बजारबाट हटाएको थियो । यसका साथै, सामसङमाथि भ्रष्टाचारको आरोपपछि कम्पनीको यो सबैभन्दा ठूलो लञ्च हो ।

नोट सेभेनमा आगो लाग्नुको कारण दक्षिण कोरियाली कम्पनीले यसको ब्याट्रिमा भएको कमी कमजोरीलाई दोषी देखाएको थियो । कम्पनीले यी नयाँ फोनमा सुरक्षालाई विशेष ध्यान दिएको जसमा ब्याट्रिको एक्स रे स्क्यान समावेश भएको बताएको छ ।

सामसङका यी नयाँ फोन आउँदो अप्रिल २१ देखि बजारमा बिक्रिको लागि उपलब्ध हुने बताइएको छ ।

ग्यालेक्सी एस एटको मूल्य ९ सय ९० पाउन्ड ( ८९ हजार रुपैयाँ बढि) तोकिएको छ भने एस एट प्लसको मूल्य ७ सय ८० पाउन्ड ( एक लाख रुपैयाँ बढि) राखिएको छ ।

यी दुई फोनका केही विशेषताबारे जानकारी लिऔंः

 

स्क्रिन र अन्य विशेषताः

– ग्यालेक्सी एस एटको स्क्रिन साइट ५.८ इन्च वा १४.७ सेन्टिमिटर र एस एट प्लसको स्क्रिन साइज ६.२ इन्च वा १५.७ सेन्टिमिटर रहेको छ ।

– सामसङको लोगोलाई फोनबाट हटाइएको छ । यस्तै होम बटनलाई हटाएर एउटा आइकनलाई स्क्रिनमा राखिएको छ ।

– सामसङका अनुसार यो फोनको डिस्प्ले १८ः५ः९ को अनुपातका कारण दुई एपलाई एकैसाथ चलाउन सकिन्छ । उदाहरणका लागि एकतर्फ भिडियो हेर्न सकिन्छ र च्याटिङका केही एप पनि चलाउन सकिन्छ ।

– यी दुबै फोनको स्क्रिनको रिजोलुशन पनि पहिलेको जस्तै छ तर धेरै चम्किलो छ । यसले हाई डायनमिक रेन्ड (एचडीआर) लाई सपोर्ट गर्दछ । यसले भिडियोको क्वालिटिलाई थप बढाउन सहयोग गरेको छ ।

– ग्यालेक्सी एस एटको बडी एस सेभेनको तुलनामा थोरै सानो छ । तर एस एट प्लसको बडी भने एस सेभेन एजको तुलनामा अलि ठूलो छ । सामसङको भनाई अनुसार यी दुबै फोनलाई एकैसाथ चलाउन सकिन्छ ।

– सामसङले ग्यालेक्सी एस एट र एस एट प्लसले ‘बिक्सबोय’ नामको एउटा नयाँ भर्चुअल असिस्टेन्ट पेश गरेको छ । यसमा त्यहि प्रविधि प्रयोग गरिएको छ जसलाई एप्पलको भर्चुअल असिस्टेन्ट सिरिको प्रयोग गरिन्छ ।

– यो भर्चुअल असिस्टेन्टलाई साइडमा दिईएको बटनमार्फत चलाउनुपर्छ । यसमार्फत फोटो ग्यालरी, मेसेज र मौसमजस्ता १० ऐपलाई आवाजमार्फत चलाउन सकिन्छ ।

– यो सफ्टवेयर फोनको क्यामराद्वारा देखिएको वस्तुको पहिचान गर्न पनि प्रयोग गर्न सकिन्छ । सार्वजनिक गर्ने बेला यो सफ्टवेयरले केवल अमेरिका र कोरियाली आवाजको पहिचान गर्न सक्यो ।

क्यामराः

– पछिल्लो वर्ष सार्वजनिक गरिएको फोनको तुलनामा यो फोनमा जुन सुधार गरिएको छ, त्यसमा क्यामरा पनि समावेश छ ।

– यसको फ्रन्ट क्यामरा ८ मेगापिक्सेल (एमपी) लाई यसको अटोफोकसले बलियो बनाएको छ ।

– यसको पछाडिको क्यामरा १२ मेगापिक्सेलको हो । कम्पनीको दाबी अनुसार यसले खिचिएको फोटोको शार्पनेश र कन्ट्रास्ट राम्रो हुनेछ ।

– कम्पनीको दाबी अनुसार यी दुई फोनको सेन्ट्रल प्रोसेसिङ यूनिट (सिपियु) १० प्रतिशत र ग्राफिपिक प्रोेसेसिङ यूनिट (जीपीयू) २१ प्रतिशतभन्दा शक्तिशाली छ ।

– १० नानो मिटरको चिप प्रविधिले यसलाई ऊर्जाको विषयमा दक्ष बनाउन सक्छ ।

– सामसङ कनेकट ऐपमार्फत स्मार्ट घरेलु उपकरण चलाउन सकिन्छ ।