प्रवीण खतिवडाको गीत ‘फर्कन छोरा...’ सार्वजनिक

श्रावण १५,२०७८

-आस्था न्यूज

साउन १५,२०७८ काठमाडौं ।
प्रवीण खतिवडाको ‘फर्कन छोरा...’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। 
 
भिडियोमा कलाकारहरु कमलमणि नेपाल, सरिता गिरी र प्रवीण खतिवडा लगायतको सशक्त अभिनय रहेको छ । 
 
विनोद खतिवडाको सहनिर्देशक र दिपल बरालले निर्माण गरेको यो म्यूजिक भिडियोमा सम्रान्त थापाको प्रोडक्सन, कृष्णबहादुर थापाको सिनेमाटोग्राफी, कृष्ण भन्डारीको सम्पादन र रंगसंयोजन रहेको छ । 
 
केशव दाहालको शब्द र संगीतमा बनेको यो गीतमा गायक राजेश पायल राईले स्वर दिएका छन् । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ चन्दु गोर्खालीले गरेका छन् । 
 
गीतले परदेश गएको एक्लो छोराको प्रतीक्षामा पीडादायी जीवन बिताइरहेका बुबाआमाको कथा भन्ने रचनाकार केशव दाहालले बताए । यो गीत सुनेर र म्यूजिक भिडियो हेरेर परदेशिएका धेरै नेपाली घर फर्किने अपेक्षा गरेको अभिनेता कमलमणि नेपालले बताए । 
 
यो गीतको भिडियोमा पैसा वा धनले मात्रै जीवन चल्दैन भन्ने संकेत गर्न कराहीमा पैसा उमालेको दृश्य पनि देखाइएको छ । दुःख पर्दा आफ्ना छोराछोरी साथमा हुनु नै धन भन्दा ठूलो सुख भएको सन्देश यो गीतले दिन खोजेको छ ।
 
गायकसमेत रहेका केशव दाहालले यसअघि ‘बैंसैमा लाको पिरती...’, ‘चौतारीमा बसौंन पियारी...’ लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।