तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका ४१ राजनीतिक दलको दर्ता खारेज

श्रावण १९,२०७८

-आस्था न्यूज

साउन १९,२०७८ काठमाडौं ।
निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।
 
लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई यही साउन २० गतेदेखि लागु हुनेगरी दर्ता खारेज गरिएको हो ।
 
खारेज भएका दलको नाम, चिह्न, झन्डा एक वर्षसम्म अरु कुनै दलले प्रयोग गर्न नपाउने आयोगले जनाएको छ ।
 
ती दल खारेज भएसँगै आयोगमा दल दर्ताको संख्या ९५ रहनेछ । यसअघि, आयोगमा १३६ दल दर्ता थिए ।