उपत्यकामा भिडभाडजन्य क्रियाकलाप नगर्न जिल्ला प्रशासनको आग्रह

श्रावण १९,२०७८

-आस्था न्यूज

साउन १९,२०७८ काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सभा, सम्मेलन, धर्ना, जुलुस र र्‍याली जस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
 
पछिल्लो समय कोरोना संक्रमितको संख्या र संक्रमणको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै भिडभाड हुने काम नगर्न आग्रह गरेको हो ।
 
प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍याली जस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर बढाउन सक्ने भएकाले स्वास्थ्य मापदण्डको ख्याल गर्न आग्रह गरेका हुन् ।
 
जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे वा गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने ब्यहोरा समेत सूचनामा उल्लेख छ ।