मेरिना जिम्बाले गाएकी स्याटरडे सार्वजनिक

भाद्र ०६,२०७८

-आस्था न्यूज

भदौ ६,२०७८ काठमाडौं ।
५ बर्षिय गायिका मेरिना जिम्बाले गाएकी स्याटरडे बोलको गीत बजारमा आएको छ । उक्त गीत सेवा फिल्मसबाट बजारमा ल्याएको  हो ।
 
कर्साङ लामाले संगीत संयोजन गरेको उक्त गीतलाई बाबु जिम्बाले शब्द  र संगीत गरेका हुन भने भिडियोलाई निर्देशन समेत गरेका छन ।
 
मेरिना बाबु जिम्बाकी छोरी हुन । लकडाउन र कोरोना महामारिमा बालबालिकालाई मनोरन्जन दिलाउने हेतुले गीत बजारमा ल्याएको बाबु जिम्बाले बताए ।
 
उक्त गीतको भिडियोमा रिहाना वाइबा र मेरिना जिम्बालाई प्रमुख भूमिकामा देख्न सकिन्छ । रिहाना ८ बर्षिय बालिका हुन ।
 
आदम घिसिङले कोरियोग्राफी गरेको भिडियोलाई आशिष जिम्बाले छायांकन गरेका हुन ।