शनिबार थप एक हजार ६६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

आश्विन ०२,२०७८

-आस्था न्यूज

असोज २,२०७८ काठमाडौं । 
 
पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १०६६ जनामा संक्रमण पुष्टि भएको हो ।
 
मन्त्रालयका अनुसार १,२३४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।
 
शनिबार सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ । जसमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १४४६ जना संस्थागत आइसोलेसनमा छन् ।
 
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २४३, झापामा ९६, ललितपुरमा ६६, कास्कीमा ५७, काभ्रेमा ५१, रुपन्देहीमा ४१, कैलालीमा २९, नुवाकोटमा २७, सुनसरीमा २६, भक्तपुरमा १३, नवलपरासी पूर्व र मोरङमा ११र११ जना संक्रमित भेटिएका छन् ।