यूईएफए च्याम्पियन्स लिगः चेल्सीले युभेन्ट्सलाई ४-० गोलले हरायो

मंसिर ०८,२०७८

-आस्था न्यूज

मङ्सिर ८,२०७८ काठमाडौं। 
यूईएफए च्याम्पियन्स लिग समूह चरणको खेलमा चेल्सीले युभेन्ट्सलाई ४-० ले हराएको छ । चेल्सीको जितमा ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले गोल गरे ।
 
गएराति भएको खेलमा घरेलु टोली चेल्सीले खेलको २५औं मिनेटमा चालोवाहको गोलबाट अग्रता बनाएको थियो । त्यस्तै ५५औं मिनेटमा रिस जेम्सले गोल थपेर अग्रता दोब्बर पारे। खेलको ५८औं मिनेटमा ओडोइले एक गोल थपे । त्यस्तै खेलको इन्ज्युरी समयमा वेर्नरले गोल गरेपछि चेल्सीले ४-० को फराकिलो जित निकालेको हो ।
 
चेल्सी समूह ‘एच’ मा शीर्षस्थानमा उक्लिएको छ । समान पाँच खेलमा दुवै टोलीको समान १२ अंक भएपनि गोल अन्तरका आधारमा युभेन्ट्स दोस्रो स्थानमा छ । दुवै टोली यो समूहबाट नकआउट चरणमा पुगेका छन् । यही समूहको अर्को खेलमा माल्मो र जेनिथले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जेनिथको ४ र माल्मोको एक अंक छ ।