बुधबार ३ अर्बको सेयर कारोबार

मंसिर १५,२०७८

-आस्था न्यूज

मंसिर १५, २०७८ काठमाडौं ।
बुधबार सेयर बजारको परिसूचक नेप्से ५.२८ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै परिसूचक २६३३ अंकमा पुगेको छ । कारोबार रकममा भने कमी आएको छ । २ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि मंगलबार ३ अर्ब ८ करोडको कारोबार भएको थियो । 
 
बैंकिङ १, ब्यापार ११, विकास बैंक ७, जलविद्युत ७, फाइनान्स ६, उत्पादन ५४ र अन्य उपसमूह १९ अंकले बढे । होटल तथा पर्यटन १७, निर्जीवन बीमा २२, माइक्रोफाइनान्स ५ र जीवन बीमा उपसमूह ४ अंकले घटे । कुल ९१ कम्पनीको मूल्य बढेको छ भने ८७ कम्पनीको घट्यो । १० कम्पनीको मूल्य भने स्थिर रह्यो ।
 
दुई कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । सामलिङ पावर, न्यादी हाइड्रोपावरको मूल्य ९.९ प्रतिशतले बढ्यो । हालै सूचीकृत यी कम्पनीको मूल्य क्रमशस् प्रतिकित्ता ४६१.४० र ३७५.६० रुपैयाँ पुगेको छ ।
 
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.३ प्रतिशतले बढ्यो । त्यस्तै आइसिएफसी फाइनान्सको मूल्य ५.६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधरमा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । सो कम्पनीको १४ करोड ५३ लाख रुपैयाँको कारोबार भयो । बजारको पुँजीकरण ३७ खर्ब २ अर्ब रुपैयाँ कायम भएको छ ।