फेरि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छः युवराज ज्ञवाली

मंसिर १६,२०७८

-आस्था न्यूज

मंसिर १६, २०७८ काठमाडौं ।
नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गरेका छन् । उनले १०औं राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न भएको पनि बताए । 
 
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमाले नै आगामी निर्वाचनपछि पनि पहिलो दल बन्ने र बहुमत ल्याउने दाबी गरे । 
 
उनले भने,‘नेपालको ईतिहासमा यति धेरै जनसहभागिता कुनैपनि पार्टीको कार्यक्रममा भएको थिएन । मैले सबै दलका महाधिवेशन, अधिवेशन, आमसभा हेरेको छु, यसपटकको हाम्रो महाधिवेशनमा पाँच लाख जनता उतार्ने योजना थियो । तर, त्योभन्दा पनि धेरै जनसमूदायको उपस्थितिमा हाम्रो उद्घान सम्पन्न भयो । 
 
एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो अवस्थामा छ । जनहसहभागिताको हिसाबले १०औं महाधिवेशन ऐतिहासिक भयो । ईतिहासमै कुनै एउटा पार्टीले यत्रो जनसमूदायको उपस्थितिमा कार्यक्रम गरेको थिएन । 
 
अहिले पनि एमाले संसद्मा सबैभन्दा ठूलो पार्टी छ । आउने दिनमा पनि यो पार्टीले बुहमत ल्याउने कुरा स्थापित भैसकेको छ । यो कुरा चितवनको जनसभाले पुष्टि भयो ।’
 
उपाध्यक्ष ज्ञवालीले फेरि पनि वामपन्थीहरुबीच एकताको आवश्यकत्ता रहेको औंल्याए । उनले भने,‘एमालेसामू चूनौति छन्, एउटा पार्टी फुटेर तीन टुक्रा भयो । एमाले पनि फुटेको छ । हामीले सरकार ५ वर्ष चलाउन सकेनौं । अहिले कांग्रेसको नेतृत्वमा सरकार बनेको छ ।
 
हामीले कमिकमजोरी कहाँ रह्यो भनेर समिक्षा गर्नुपर्छ । हामीले विचार, प्रवृत्ति, सोच, दृष्टिकोणलाई समिक्षा गर्न जरुरी छ । पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । मैले आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्छु । फेरि पनि वामपन्थीबीच एकता आवश्यक छ । 
 
हामीले नेकपाको एकता बचाउन सकेनौं । अब एकले अर्कालाई आरोपित गरेर मात्रै हुँदैन् । अब एउटा नेतालाई मात्रै दोष दिएर हुँदैन् । एकता बचाउन नसक्नुमा सबैको दोष छ । जनमत किन टिकाउन सकेनौं ? भनेर आत्मसमिक्षा गर्नुपर्छ ।
 
विगतका कुरामा आरोपित गर्नुहुँदैन् । फेरि पनि वामपन्थीहरु र कम्युनिष्टहरुको बीचको एकता आवश्यकत्ता छ । सबै पार्टीका नेता तथा कार्यकर्ताहरुले सकारात्मक रुपले सोच्नुपर्छ ।’ 
 
उनले एमाले अब सशक्त भएर अघि बढ्ने पनि दाबी गरे । उनले भने,‘हामी कमिकमजोरी  सच्याएर र फराकिलो छाती लिएर अघि बढ्नेछौं । समृद्ध नेपाल, सुखी नेपाली बनाउनेछौं । यो नारा सफल बनाउनेछौं ।’ ज्ञवालीले महाधिवेशन भव्य र सफल रुपमा सम्पन्न भएको दाबी गरे ।
 
यद्धपी महाधिवेशनमा केही कमिकमजोरी भने रहेको उनले स्विकारे । उनले भने,‘बन्दसत्रमा कमिकमजोरी भयो । यत्रो ठूलो कार्यक्रम आयोजना गर्दा अलि अलि त्रुटि, कमजोरी हुन्छन् । शतप्रतिशत राम्रो हुने भन्ने कुरा दुनियाँमा कहीँ पनि हुँदैन् ।’ 
 
उनले आफूले पार्टीको चौथोदेखि १०औं महाधिवेशनसम्म सक्रियताका साथ भाग लिएको पनि स्मरण गराए । उनले भने,‘चौथोदेखि अहिले चितवनमा सम्पन्न भएको १०औं महाधिवेशनसम्म म आँफै सहभागी छु । यी सबै महाधिवेशनमा म निर्वाचित भएको छु । म सक्रिय छु ।
 
ती सबै महाधिवेशन कुनै सहमति र कुनै प्रतिष्पर्धामा गरेका छौं । अहिलेको महाधिवेशनको नयाँ विशेषता भनेको धेरै संख्या सहमतिमा छनौट भएको छ । केही प्रतिष्पर्धाको माध्यमबाट छनौट भए । दुवै तरिकाबाट हामीले नेतृत्व छनौट गरेका छौं । यो महाधिवेशनमा उन्नत किसिमको अभ्यास गर्यौं । हार्दिकताासाथ महाधिवेशन सम्पन्न भयो ।
 
असाध्यै शान्तिपूर्ण वातावरणमा व्यवस्थित् ढंगले सम्पन्न भएको छ। यसर्थ प्रतिष्पर्धा र सहमतिको आधारमा नेतृत्व छनौट भएकोले यो महाधिवेशनको नयाँ विशेषता हो । नयाँ अभ्यास हो ।
 
लोकतान्त्रिक अभ्यासको कारणले पनि यो महत्वपूर्ण रह्यो। प्रतिनिधिहरु खुशीसाथ फर्किनुभएको छ । कतिपयमा असन्तुष्टि होला । आउनैपर्ने साथीहरु छुट्नुभएको छ ।’
 
उनले नेपालको राजनीतमिा एमालेले मूख्य भूमिका निर्वाह गर्नुपर्ने भएकोले आफूहरु सोहीअनुसार तयारीका साथ अघि बढेको पनि सुनाए । उनले भने,‘अहिले पनि जनमत एमालेको पक्षमा रहेको छ ।