शुक्रबार १० कम्पनीको सेयर मूल्य समायोजन

पौष १६,२०७८

-आस्था न्यूज

पुस १६, २०७८ काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार १० कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै नेप्सेले सेयर मूल्यमा पनि समायोजन गरेको हो ।
 
नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, हिमालयन डिस्टिलरी, गुडविल फाइनान्स, फरवार्ड लघुवित्त, समिट लघुवित्त, एनआरएन इन्फास्टक्चर डेभलपमेन्ट कम्पनी, मञ्जुश्री फाइनान्स, इन्फिनिटी लघुवित्त र चिलीमे हाइड्रोको सेयर मूल्य समायोजन भएको जनाएको छ ।
 
अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो । आइतबारबाट यी कम्पनीहरूको कारोबार समायोजन भएको मूल्यबाट सुरु हुनेछ ।