‘ए’ डिभिजन लिग फुटबलमा नवौं चरणका खेलहरु आजबाट

पौष ३०,२०७८

-आस्था न्यूज

पुस ३०, २०७८ काठमाडौं ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नवौं चरणका खेलहरु आजबाट सुरु हुँदैछ ।
 
आज नवौं चरणका दुई खेल हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन् ।
 
जारी लिगमा आठौं चरणका खेलहरु सकिँदा २० अंकसहित साविक विजेता मच्छिन्द्र क्लब शिर्ष स्थानमा छ भने १९ अंक जोडेको मनाङ दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानको संकटा क्लब र चौथो स्थानको त्रिभुवन आर्मी क्लबको समान १४ अंक छ । ८ खेलबाट ५ अंक मात्रै जोडेको च्यासल युथ क्लब र ३ अंक जोडेको फ्रेण्ड्स क्लब रेलिगेसन क्षेत्रमा रहेका छन् ।