Trending :
 

नेप्से परिसूचक बढेर २९ सय अंक माथि

माघ ०२,२०७८



माघ २, २०७८ काठमाडौं ।
साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ सय ३९ अंकमा पुगेको छ । २८ सय ७३ अंकबाट कारोबार सुरु भएको नेप्से परिसूचक बढेर २९ सय अंक माथि पुगेको हो । 
 
यसक्रममा यो समाचार तयार पार्दासम्म परिसूचक ८१.३० अंकले बढेको छ । यस्तै, पाँच अर्ब ८ करोड रुपैयाँ बराबरको ९६ लाख ५४ हजार कित्ता सेयर किनबेच भएको छ । अहिलेसम्म मध्य भोटेकोसी जलविद्युत कम्पनी र सिन्धु विकास बैंकको सेयर मूल्य समान ९/९ प्रतिशत बढेको छ ।