च्यासल क्लबका १९ खेलाडीलाई कोरोना संक्रमण, पुलिससँगको खेल स्थगित

माघ ०२,२०७८

-आस्था न्यूज

माघ २, २०७८ काठमाडौं ।
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार तय भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीचको खेल स्थगित भएको छ ।
 
च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना संक्रमण भएपछि उक्त खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
 
च्यासलले आफ्नो १९ खेलाडीलाई कोरोना संक्रमण देखिएपछि पुलिस विरुद्ध खेल स्थगित गर्न एन्फासँग प्रस्ताव गरेको र त्यसपछि एन्फा लिग कमिटीले मेडिकलक कमिटीसँग सल्लाह लिएर खेल स्थगित गर्ने निर्णय गरेको हो ।
 
अब उक्त खेलको नयाँ मिति तोकिने एन्फाले जनाएको छ ।
 
लिग अन्तर्गत नवौं चरणको अन्तिम खेल जावालखेल युथ क्लब र एनआरटीबीच भने सोमबार पूर्वनिर्धारित तालिका अनुसार नै खेल हुने एन्फाले जनाएको छ ।