शिब हमालको शब्द, संगीतमा रहेको गित “पिपलु” सार्वजनिक
फागुन ३०, २०७८ काठमाडौं ।
निशा केसी र बिजय केसीको नयाँ सांगीतिक कोसेली “पिपलु” भिडियो सहित सार्वजनिक भएको छ । यस गीतमा निशा केसी र बिजय केसीको स्वर रहेको छ भने चर्चित सर्जक शिब हमालले शब्द, संगीत गरेका हुन् ।
निर्देशक मौसम हिमालीको निर्देशन रहेको गीतमा नवराज उप्रतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सुधिर श्रेष्ठ र बिना राउतको अभिनय रहेको छ ।
गीतलाई शिब हमालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतको भिडियो हेर्नलाई तलको लिंक क्लिक गर्नुहोला -