खुल्ला दोहोरी गीत प्रतियोगिताः आइतबार अन्तिम चरणका १२ समूहबीच प्रतिस्पर्धा हुने

चैत्र १९,२०७८

-आस्था न्यूज

चैत १९, २०७८ काठमाडौं ।
 
“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता - २०७८”  आइतबार सम्पन्न हुँदै छ।
 
दोहोरी गीत प्रतियोगितामा जम्मा ६१ समुहले सहभागिता जनाएका छन् । 
 
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीद्वारा आयोजित “टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता- २०७८”  को चौथो दिन शनिबार प्रतियोगितामा प्रतिस्पर्धा गर्न बाँकी समूह बिच प्रतिस्पर्धा गराएर दोस्रो चरणको प्रतियोगिता सुरु गरिएको थियो ।
 
प्रतियोगिताको अन्तिम चरणको दोहोरी गीत प्रतियोगिता चैत्र २० गते आइतबार हुने आयोजकले जानकारी दिएको छ । चैत्र १९ गते नै प्रतियोगिता सम्पन्न गर्ने कार्यतालिका भएनी समय अभावले एक दिन म्याद थप गरिएको हो। 
 
प्रतियोगिताको चौथो दिन चर्चित कलाकारहरुको प्रस्तुती राखिएको थियो भने सहयोगीदाताहरु र आजिवन सदस्यता लिनेहरुलाई सम्मान गरिएको थियो । 
 
अन्तिम चरणको दोहोरी गीत प्रतियोगिता आइतबार बिहान ९ बजे सुरु भएर साझ सम्म समापन गरिने प्रतियोगी संयोजक एवं प्रतिष्ठानका उप -महासचिव शिव हमालले जानकारी गराए ।
 
प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद रु.२ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई नगद रु.१ लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेश्रो स्थान हासिल गर्नेलाई नगद रु. १ लाख नगद, प्रमाणपत्र, मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई रु. १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।