दोहोरी गीत प्रतियोगितामा जीवन सिग्देल र अस्मिता डल्लाकोटीको समूह बिजेता

चैत्र २१,२०७८

-आस्था न्यूज

चैत २१, २०७८ काडमाडौं ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित “टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता - २०७८” सम्पन्न भएको छ । चैत्र १६ गतेबाट सुरु भएको प्रतियोगिता चैत्र २० गतेसम्पन्न भएको हो । प्रतियोगितामा ६१ समूह बिच प्रतिस्पर्धा भएको थियो ।
 
अन्तिम चरणको प्रतियोगितामा जम्मा १२ वटा समूह बिच प्रतिस्पर्धा गराईएको थियो ।
 
खुल्ला दोहोरी गीत प्रतियोगितामा नगरकोट दोहोरी साझको प्रतियोगी जीवन सिग्देल र अस्मिता डल्लाकोटीले प्रथम स्थान हासिल गर्न सफल भए ।  पुरस्कारको प्रायोजन जापान बसोबास गर्ने मनु थापाले गरेका थिए ।
 
त्यस्तै प्रतियोगितामा गामबेसी दोहोरी साझको प्रतियोगी शान्ता वलि र अर्जुन खड्काले दोस्रो स्थान हासिल गरे । यस पुरस्कारको प्रायोजन बिना बुढा मगर, गौचन बुढा मगरले गरेका थिए ।
 
प्रतियोगितामा क्विन रोधी घरको प्रतियोगीहरु हरिमाया रायमाझी, रश्मि बस्नेत, श्याम राना र शर्मिला रायमाझीले सँगै लुम्बिनी प्रदेशले बराबर नम्बर लिएर दुईवटै समुहले तेस्रो स्थान हासिल गरे। तृतीय पुरस्कारको प्रायोजन शिरफुल दोहोरी साझले प्रायोजन गरेको थियो ।
 
प्रतियोगितामा भद्रकाली समूह (खेम नेपाली) उत्कृष्ट समूहको रुपमा छनौटमा परेकोले रु ५००० नगद पुरस्कार सहित सम्मानित भए । त्यस्तै अनुशासित समूहमा ओखलढुंगा प्रतिष्ठान छनौटमा परि नगद रु. ५००० सहित सम्मानित भएको थियो भने नवदित गायिका दिलमाया बिक र गण्डकी प्रदेशका प्रतियोगी नवदित गायक किशान बिक छनौटमा परि ५०००/५००० नगद पुरस्कार सहित पुरस्कृत भएका थिए ।
 
उत्कृष्ट गायक, गायिका तर्फ गण्डकी प्रदेशको प्रतियोगी सुमन खड्का र राजधानी दोहोरी साझकी प्रतियोगी पुजा पुनले हात पारेका थिए । उत्कृष्ट गायक, गायिकालाई ७०००/७००० नगद पुरस्कार सहित सम्मान गरिएको थियो । त्यसैगरी प्रतियोगीहरु मध्य सबैभन्दा कान्छी प्रतियोगी गण्डकी प्रदेशकी प्रतियोगी अर्चना चापागाईंलाई पनि हौसला स्वरुप रु ७००० नगद पुरस्कार सहित सम्मान गरिएको थियो । प्रतियोगिता अवधिभर अनुशासित कलाकारको रुपमा रहेको भन्दै  रु ५००० नगद पुरस्कार सहित राजु लामिछाने सम्मानित भए।
 
प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद रु.२ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई नगद रु. १ लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेश्रो स्थान हासिल गर्नेलाई नगद रु. १ लाख नगद, प्रमाणपत्र, मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई रु. १० हजार नगद, मेडल र प्रमाणपत्र तोकिएको थियो ।