मतदाता नामावली अब घरबाटै दर्ताका लागि विवरण भर्न सकिने

आषाढ ११,२०७९

-

असार ११, २०७९ कामाण्डौं ।
मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिने भएको छ । निर्वाचन आयोगले अब अनलाइनबाट घरमै बसेर नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाउने भएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी १० दिनभित्र अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने जानकारी दिनुभयो । मोबाइलबाट आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको उहाले बताउनुभयो ।
 
अनलाइनबाटै यस्तो सुविधा उपलब्ध हुने भएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ । त्यसका लागि आयोगले सो प्रयोजनका लागि आवश्यक सफ्टवेयर तयार गरिसकेको र पूर्वसूचीकृत गर्ने कार्य अन्तिम चरणमा रहेको आयोगले जनाएको छ ।