न्युरो सर्जन डा. साहलाई सेवाबाट बर्खास्त गर्दै भक्तपुर क्यान्सर अस्पताल

भाद्र १२,२०७९

-

काठमाडौं- न्युरो सर्जन डा. राजीव साहलाई सेवाबाट बर्खास्त गर्दै भक्तपुर क्यान्सर अस्पताल । तेस्रोपटकको  ७२ घण्टे स्पष्टीकरण पनि चित्त नबुझे पछि साह माथि  अस्पताल व्यवस्थापन समितिले कारवाही गर्ने भएको बुझिएको छ ।

 

विदा स्वीकृत नगराई पटक–पटक गयल भएको, जसले गर्दा बिरामीको सेवामा प्रत्यक्ष असर गरेको भन्दै डा. साहलाई १५ साउनमा लिखित स्पष्टीकरण सोधिएकोमा स्पष्टीकरणको जवाफमा गैरजिम्मेवार, असान्दर्भिक भएको र अस्पतालले भनेको समयमा हाजिर हुन नसक्ने बेहोरा खुलाएको कारण भक्तपुर अस्पतालले सेसाहलाई सेवाबाट बर्खास्त गर्न लागेको श्रोतको दाबी छ ।

 

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. विष्णुदत्त पौडेलले तेस्रोपटक डा. साहसँग १५ साउनमा उनीसँग तेस्रोपटक ७२ घण्टे स्पष्टीकरण सोधिएको थियो हो । उनीमाथि सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएपछि समितिको आगामी बैठकबाट कारवाहीको तयारी गरिएको स्रोतको भनाइ छ । स्पष्टीकरण पत्रमा उनलाई आचरणसम्बन्धी कुरा बारम्बार उल्लंघन गरेको कारणले तपाईंलाई भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने ?’ भन्ने व्यहोराको लेखिएको थियो  ।

 

स्रोतका अनुसार उनी ढिलो अस्पताल आउने  र कसैलाई नटेरी चाँडो निस्कनुको साथै  हरेक महिना मुस्किलले एउटा अपरेसन मात्र गर्ने गर्दछन् । जसको कारण बिरामीको सेवामा प्रत्यक्ष असर पुगिरहेको छ । स्वास्थ्य सेवा जस्तो संबेदनशील क्षेत्रमा स्थान ओगटेर बिरामीको स्वास्थ्यमाथि खेलवाड गरिरहेका आरोप उनमाथि लाग्दै आईरहेको छ ।

 

उता डा. साह भने आफूलाई सेवाबाट हटाउने लगभग निश्चित भएपछि  राजनीतिक शरणमा गएको बुझिएको छ । उनले बिभिन्न  दका नेताहरू तथा चिकित्सक संघमा समेत पुगेर कारवाही नगर्न दबाब सिर्जना गरिरहेको स्रोतको भनाइ छ। साथै  विभिन्न सञ्चार माध्यम मार्फत  अस्पताल व्यवस्थापन, कार्यकारी निर्देशक, उपनिर्देशक, प्रशासन र पूर्वकार्यकारी निर्देशकहरू विरुद्ध कपोलकल्पित र तथ्यहीन समाचारहरू प्रकाशन गराइरहेको  स्रोतले जनाएको छ।

 

यस सम्बन्धमा अस्पतालका अध्यक्ष डा. दीपेन्द्ररमण सिंहले डा. साहको बारेमा गुनासो सुनेको भन्दै अरु थप कुराको जानकारी दिन भने मानेनन् ।